काठमाडौँ- नेपाली कांग्रेस क्रियाशील सदस्यता नवीकरण र नयाँ विवरण प्रक्रियालाई लिएर विवाद चुलिँदै गएको छ। पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जिल्लामा पठाइएको पुरानो फारमलाई निरन्तरता दिने निर्णय गरेपछि असन्तुष्टि देखिएको हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिले जिल्लाहरूमा करिब ४ लाख फारम पठाइसकेको जनाएको छ तर ती फारम पर्याप्त नभएको पक्ष रुपमा वितरण नगरिएको आरोप विभिन्न तहका नेता तथा कार्यकर्ताले लगाएका छन्।
यता समितिको पक्षले भने समयमै महाधिवेशन सम्पन्न गर्न र संगठनलाई चुस्त बनाउन पुरानै फारमलाई आधार मान्नुपरेको तर्क गरेको छ नयाँ फारम छाप्दा समय खर्च दुवै बढ्ने भन्दै समितिले निर्णयको बचाउ गरेको छ।
क्रियाशील सदस्यता नै नेतृत्वको चयन आधार हुने भएकाले यस विषयमा देखिएको विवादले पार्टीभत्रको आन्तरिक राजनीतिक थप पेचिलो बन्दै गएको छ विवाद समाधानका लागि शीर्ष तहमा छलफल जारी रहे पनि निकास कहिले निस्कने हो भन्ने अझै स्पष्ट छैन।
