भारतीय प्रिमियर लिग(ipl)को पछिल्लो अक्सनमा विदेशी खेलाडीहरू धेरै महँगो मूल्य बिकेका छन्। विभिन्न टोलीहरूले आफ्नो टिम बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीका लागि करोडौँ रुपैयाँ खर्च गरेका छन्।
यस अक्सनमा अस्ट्रेलिया,इङ्ग्ल्यान्ड,दक्षिण अफ्रिका र न्युजिल्यान्डका खेलाडीहरू मुख्य आकर्षक बनेका छन्। विशेषगरी राम्रो ब्याटिङ गर्ने छिटो बलिङ गर्ने र अलराउन्डर खेलाडीको माग धेरै देखिएको छ टोलीहरूले खेल जित्न सक्ने अनुभवी खेलाडीलाई प्राथमिकता दिएका छन्।
केही विदेशी खेलाडी पहिलोपटक अक्सनमा सहभागी भएपनि राम्रो अन्तर्राष्ट्रिय प्रदर्शनका कारण उनीहरूले उच्च मूल्य पाए। टोलीका अधिकारीहरूका अनुसार दबाबमा राम्रो खेल्न सक्ने खेलाडी आइपीएलका लागि धेरै महत्वपूर्ण हुन्छन्
भारतीय खेलाडीहरू पनि अक्सनमा राम्रो मूल्यमा बिके तर विदेशी स्टार खेलाडीको चर्चा बढी रह्यो युवा भारतीय खेलाडीलाई भविष्यका लागि छनोट गरिएको छ। भने विदेशी खेलाडीहरूलाई तुरुन्त नतिजा दिन सक्ने खेलाडीको रुपमा हेरिएको छ।
आइपीएल केवल क्रिकेट प्रतियोगिता मात्र होइन यो ठूलो व्यवसाय पनि हो। लोकप्रिय खेलाडीले टोलीको खेलसँगै दर्शक र प्रायोजक पनि बढाउँछन्। यही कारणले टोली राम्रो खेलाडीका लागि धेरै पैसा खर्च गर्छन्।
समग्रमा, यो अक्सनले आइपीएल विश्वकै सबैभन्दा लोकप्रिय र धनी टि-२० लिग भएको प्रमाणित गरेको छ। अब आगामी सिजनमा यी महंगा खेलाडीहरूले आफ्नो प्रदर्शनबाट अपेक्षा पूरा गर्न सक्छन् कि सक्ने छैनन् भन्ने विषयमा सबैको चासो बढेको छ।
