लुम्बिनीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै इतिहास रचेको छ। फाइनल खेलमा सन्तुलित र अनुशासित प्रदर्शन गर्दै लुम्बिनीले प्रतिद्वन्दीलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको हो। खेलाडीहरूले ब्याटिङ र बलिङ दुवै पक्षमा उत्कृष्ट तालमेल देखाउँदै खेलाडीहरूले खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भए र मध्य ओभरमा गरिएको बलिङ र निर्णायक क्षणमा गरिएको ब्याटिङले लुम्बिनीको जित सुनिश्चित गर्‍यो।

खेलाडीहरूले समूह चरणदेखि नै निरन्तर जित निकाल्दै फाइनलसम्म पुगेको लुम्बिनीले दबावपूर्ण खेलहरूमा समेत धैर्य कायम गरेको थियो। प्रशिक्षक र व्यवस्थापनको रणनीति तथा ेलाडीहरूको सामूहिक प्रयासले टोलीलाई अघिसम्म पुर्‍याएको विश्लेषण गरिएको छ।

उपाधि जितेपछि खेलाडी ,प्रशिक्षक र समर्थकहरूमा उत्साह छाएको छ। टोलीका कप्तानले सम्पूर्ण टिमको मेहनत र समर्थकहरूको साथको परिणाम भएको प्रतिक्रिया दिएका छन् र साथै आगामी सिजनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

एनपीएल उपाधि जितसँगै लुम्बिनीले नेपाली क्रिकेटमा आफ्नो पहिचान थप बलियो बनाएको छ। यो सफलताले प्रदेश स्तरको क्रिकेट विकासमा पनि सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *