सप्तकोशी नगरपालिका उपप्रमुख रिता कुमारी चौधरी फरार भएकी छन्। भने उनका पति पक्राउ परेका छन्, भने उनका पति पक्राउ परेका छन्। ज्योति विकास बैंकको कर्मचारी समेत संलग्न रहेको करोडौं रुपैयाँ बराबरको कर्जा सम्बन्धी ठगी प्रकरण सार्वजनिक भएपछि उपमेयर चौधरी सम्पर्कविहीन भएकी हुन्।

बैंकका अनुसार सप्तकोशी नगरपालिका ७ स्थित सप्तकोशी इन्डस्ट्रिज एग्रो फर्म मार्फत विभिन्न व्यक्तिको नाममा कर्जा लिएको थियो। उक्त कर्जामा अनियमितता भएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको अनुसन्धानका क्रममा उपमेयर चौधरी सहित केही व्यक्ति फरार रहेको पाइएको छ।

उपमेयरका पति संलग्न रहेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि कर्जा दुरुपयोग कागजात तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ज्योति विकास बैंक वा दिवास स्थित प्रादेशिक कार्यालयका अनुसार कर्जाका नाममा करोडौँ रुपैयाँ अपचलन भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

बैंक प्रशासनले कर्मचारीको सुरक्षाको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ घटनाले स्थानीय तहका जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *