चालु आर्थिक वर्षको सुरुवाती महिनामा पुँजीगत खर्च उल्लेखनीय रूपमा घटेको छ बजेट कार्यान्वयनमा देखिएको ढिलाई र विकास आयोजनामा बजेट रोक्का हुँदा पुँजीगत खर्च अघिल्लो वर्षको तुलनामा करिब प्रतिशतले कमी आएको छ।

मुख्यत: शहरी विकास,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका आयोजनाहरू बजेट रोक्का प्रत्यक्ष मारमा परेका छन् सम्बन्धित मन्त्रालयका अनुसार नयाँ योजना स्वीकृतिमा ढिलाई, स्रोत सुनिश्चित नहुनु र प्रशासनिक प्रक्रियाले विकास खर्च अपेक्षा अनुसार अघि बढ्न सकेको छैन।

अर्थ मन्त्रालयका अधिकारीहरू भने बजेट व्यवस्थापन र खर्च बढाउने प्रयास भइरहेका बताउँछन्। यद्यपि चालु आर्थिक वर्षको सुरुवातमै देखिएको खर्च सुस्तताले विकास लक्ष्यमा दबाव पर्ने देखिएको छ। अर्थविदहरूले बजेट कार्यान्वयनलाई समयमै गतिशील बनाए विकास निर्माण रोजगारी सिर्जना र समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *