विपत संकटग्रस्त जिल्ला घोषणा भएको लामो समय बितिसक्दा पनि इलामका क्षतिग्रस्त सडकहरूको पुननिर्माण अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। पहिरो र वर्षाका कारण क्षति पुगेका मुख्य तथा वैकल्पिक सडक मर्मतका लागि प्रारम्भिक बजेट अनुमान गरिए पनि कार्यान्वयन कमजोर देखिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार क्षति प्रारम्भिक मूल्याङ्कनका आधारमा बजेट प्रस्ताव भएपनि विनियोजन र खर्च प्रक्रिया ढिलाई हुँदा काम गति लिन सकेको छैन।विशेषगरी मेची करिडोर फिक्कल- श्री अन्तु सडक तथा ग्रामीण भेग जोड्ने मार्गहरू बढी प्रभावित छन्।
स्थानीयवासीले जोखिमपूर्ण सडकका कारण आवागमन कठिन बनेको गुनासो गरेका छन् वर्षा बढेसँगै थप क्षतिको जोखिम रहेकाले तत्कालीन मर्मत अस्थायी व्यवस्थापन र दीर्घकालीन पुननिर्माणलाई समानान्तर अघि बढाउनुपर्ने माग छ।
सम्बन्धी निकायले बजेट सुनिश्चितता छोटो टेन्डर प्रक्रिया र समन्वय बढाए मात्रै इलामका सडकहरू सुरक्षित र दिगो रुपमा पुननिर्माण हुने सरोकारवालाको भनाइ छ।
