नेपाल,चीन सिमानामा रहेको रसुवागढी नाका स्थित मितेरी पुल सञ्चालनको अन्तिम तयारी भइरहेको छ पुल निर्माण कार्य सकिएपछि हाल प्राविधिक परीक्षण तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार पुलको संरचना गत कामपुरा भइसकेको र सञ्चालन पूर्वको प्राविधिक परीक्षण जारी रहेको छ। चिनिया पक्षबाट औपचारिक जानकारी प्राप्त हुन बाँकी रहे पनि एक साताभित्र नाका सञ्चालनमा आउने अपेक्षा गरिएको उनले बताए।
लामो समयदेखि पुल नहुँदा प्रभावित हुँदै आएको आयत निर्यात आवतजावत पुल सञ्चालनसँगै सहज हुने विश्वास गरिएको छ। नाका सञ्चालनमा आएपछि व्यापारिक गतिविधि बढ्ने र स्थानीय अर्थतन्त्र सञ्चालन हुने अपेक्षा गरिएको छ।
