काठमाडौं- जेन्जी आन्दोलनका क्रममा भएको दमन र क्षतिबारे छानबिन गठन गरिएको जाँचबुझ आयोगको म्याद अब केही दिनमा सकिन लाग्दा पनि आयोगले प्रतिवेदन सार्वजनिक गर्ने छांटकांट देखिएको छैन।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगले आन्दोलनका क्रममा भएका घटनाको सत्य तथ्य पत्ता लगाउने जिम्मेवारी पाएको थियो आयोगले विभिन्न पक्षसँग बयान लिने घटनास्थलको अध्ययन गर्ने तथा प्राप्त प्रमाणहरूको विश्लेषण गर्ने काम गरिरहेको जनाएको भएपनि हालसम्म अन्तिम निष्कर्षमा पुग्न नसकेको बताएको छ।

यसैबीच सरकारले आयोगको प्रतिवेदन प्राप्त भएपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे पनि म्याद सकिन लाग्दा समेत प्रतिवेदन नआउँदा सरकारको भूमिकामाथि पनि आलोचना हुन थालेको छ।

आयोगको बाँकी समय कति प्रभावकारी रुपमा प्रयोग हुन्छ र पीडितले अपेक्षा गरेअनुसारको न्याय सुनिश्चित हुन्छ कि हुँदैन भन्ने विषय अहिले सबैको चासोको केन्द्रमा रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *