साप्ताहिक कारोबारमा चार दिन निरन्तर ओरालो लागेको ( नेप्से) सूचाङ्क एक दिनको सुधारपछि फेरि तीव्ररूपमा घटेको छ। साताको अन्तिम कारोबारको दिन नेप्से ४४.८६ अङ्कले गर्दै ओरालो लागेको हो। नेप्से सूचाङ्क अघिल्ला चार कारोबारका दिनदेखि निरन्तर गिरावट आएपछि एक दिन सामान्य सुधार देखिए पनि लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार फेरि ओरालो लागेको विश्लेषकहरू बताउँछन्।

विश्लेषकहरूका अनुसार मौद्रिक नीति सम्बन्धी अनिश्चितता कर्जा प्रवाह र मनोवैज्ञानिक दबावका कारण बजारमा निरन्तर उतारचढाव देखिएको पाइन्छ। एक दिनको सामान्य सुधारलाई स्थायी ट्रेन्डका रूपमा लिन नसक्दा बजारमा पुन: गिरावट आएको जानकारहरूको भनाइ छ। यसैबीच, बजार नियमक निकाय र सम्बन्धित सरोकारवालाले लगानीकर्ताको विश्वास बढाउने खालका कदम चाल्नुपर्ने आवाज उठ्न थालेको पाइन्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *