त्रिभुवन विश्वविद्यालय (त्रिवी)को दीक्षान्त समारोह पुस १० गते आयोजना भएको छ विश्वविद्यालय प्रशासनका अनुसार यस वर्षको दीक्षान्त समारोहमा करिब १६ हजार विद्यार्थी सहभागी हुँदैछन्। दीक्षान्तमा स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि त उत्तीर्ण गरेका विद्यार्थी दीक्षित हुनेछन्।त्रिवीले यसपटक विगतका वर्षभन्दा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित हुने जनाएको छ।

त्रिवी दीक्षान्त समारोहका लागि व्यवस्थापन, सुरक्षा आगमन तथा बसोबासका विषयमा तयारी तीव्र बनाएको विश्वविद्यालयले जनाएको छ। सहभागी हुने विद्यार्थी तथा अभिभावकको सङ्ख्या धेरै हुने भएकाले परिसरभित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिने बताइएको छ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका पदाधिकारी,विशिष्ट अतिथि तथा शिक्षाविदको उपस्थिति रहनेछ। समारोहमा उत्कृष्ट विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम पनि राखिएको छ। त्रिवीले दीक्षान्तलाई शैक्षिक उपलब्धिको उत्सवका रुपमा मनाउने तयारी गरेको जनाएको छ।

देशकै पुरानो र ठूलो विश्वविद्यालयका रूपमा रहेको त्रिवीको दीक्षान्त समारोहलाई शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रमका रुपमा लिइन्छ। ठूलो संख्यामा विद्यार्थी दीक्षित हुने यस वर्षको दीक्षान्तले उच्च शिक्षामा हासिल गरेका जनशक्तिलाई औपचारिक रुपमा समाजमा प्रवेश गराउने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *