१५ औँ आन्तरिक केन्द्रीय तेक्वान्दो च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका करिब एक हजार खेलाडी सहभागी भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार च्याम्पियनसिपमा पुरुष र महिलातर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा दक्षिण कोरिया, अमेरिका,फिलिपिन्स,अस्ट्रेलिया,इन्डोनेसिया,थाइल्याण्ड,भारत, पाकिस्तान,बङ्गलादेश लगायत देशका खेलाडी सहभागी छन्।
प्रतियोगितामा ६५ स्वर्ण ६५ रजत र १३० कास्य पदका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। कुल पुरस्कार राशि ७ लाख २५ हजार रुपैयाँ रहेको छ।
केन्द्रीय तेक्वान्दो च्याम्पियनसिपले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने विश्वास आयोजकको छ। प्रतियोगिता विश्व तेक्वान्दो महासंघका नियमअनुसार सञ्चालन भइरहेको छ।
